बङगलादेशबाट रसायनिक मल नेपाल ल्याउन भारत सरकारले सहयोग गर्नेभएको छ । आज कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुषाल र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच मन्त्रालयमा भएको भेटवार्तामा राजदूत क्वात्राले सहयोग गर्ने बताए ।
बंगलादेशबाट नेपाल सरकारले ५० हजार मेट्रिक टन युरिया मल सापटीमा ल्याउनलाग्दा सबै तर्फबाट सहयोग गर्न भारत तयार रहेको उनले बताए । उनले रासायनिक मलको नियमित तथा दीर्घकालीन आपूर्तिका लागि भारत सधै तयार रहेको बताएका थिए ।
प्रकाशित मिति: आइतबार, असोज ४, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय