हिमाल दैनिक
अमेरिकी न्यायाधीशले टिकटक डाउनलोड खुलाइदिए
trumptiktok

अमेरिकी एक न्यायाधीशले टिकटकमा लागेको प्रतिबन्ध खुलाइदिएका छन् । उनले एकपटक प्रयोगकर्ताले मोबाइलबाट टिकटक हटाएपछि पुनः डाउनलोड गर्न नपाउने प्रतिबन्ध खुलाइदिएका हुन् ।

उनले भविष्यमा टिकटक डाउनलोडको प्रतिबन्ध रोक्न अस्थायी निषेध जारी गरेको बीबीसीले लेखेको छ ।

अमेरिकाको कोलम्बिया जिल्लाका जिल्ला न्यायाधीश कार्ल निकोल्सले आइतबार राति टिकटकको अनुरोधलाई सदर गरिदिएका हुन् ।

यसको कारण भने सार्वजनिक गरिएको छैन । टिकटकले विज्ञप्ति जारी गर्दै आफूहरु खुशी भएको बताएको छ । उसले यसको अधिकारको रक्षा गरिरहने प्रतिवद्धता पनि जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने चिनियाँ उत्पादन भएकाले यसलाई अमेरिकाभर प्रतिबन्ध लगाउनु पर्नेमा जोड दिँदै आएका छन् ।

प्रकाशित मिति: आइतबार, असोज ११, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update