यसअघि सरकारले आफुसंग गरेको सम्झौता कार्यान्वयनमा ढिलाई गरेको भन्दै ‘इनफ इज इनफ’ समूहले बिहीबार प्रदर्शन गरेका छन् ।
‘इनफ इज इनफ’ अभियन्ताको समूह र सरकारबीच १२ बुँदे सहमति भएपनि एक साता बितिसक्दा पनि सरकारले कार्यान्वन नगरेको भन्दै युवाहरुले बिहीबार ललितपुरको पुल्चोकस्थीत मन्त्रीक्वाटरअगाडी प्रदर्शन गरेका हुन् ।
विभिन्न माग राखेर ‘इनफ इज इनफ’ अभियन्ता इशान अधिकारी (इ) सहितका युवाहरू अनशन समेत बसेका थिए । सरकारसँग १२ बुँदे समझदारी भएपछि उनीहरूले अघिल्लो मंगलबार अनशन तोडेका थिए । स्वतस्फूर्त रुपमा सडकमा निस्केका युवाहरुले कोरोना परीक्षणका लागि पिसिआर परीक्षण बढाउनुपर्ने माग गर्दै आएका छन् । सरकारले आफुहरुसंग गरेको सहमति कार्यान्वन नगरे पुन कडा आन्दोलन गर्ने चेतावनी उनीहरुले दिएका छन् ।
प्रकाशित मिति: सोमबार, असार २९, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय