कोरोना भाइरस संक्रमण(कोभिड–१९) देखिएका एक बृद्धको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको छ ।
मृत्यु हुनेमा महोत्तरीको महोत्तरी गाउँपालिका–३ का ६० वर्षीय व्यक्ति छन्।
गत साउन १ गते प्रतिष्ठानको कोभिड अस्पतालको आईसुलेशन वार्डमा भर्ना भएका उनको मंगलवार राति निधन भएको प्रतिष्ठानको मेडिशन विभाग प्रमुख प्रा.डा संजिवकुमार शर्माले बताए।
प्रतिष्ठान भर्ना भएका मृतकको पिसिआर रिपोर्टमा कोरोना पोजेटिभ देखिएको डा.शर्माले जानकारी दिए। मृतकको शव हाल प्रतिष्ठानमै राखिएको छ।
मृतकको शव दाहसंस्कारका लागि महोत्तरी पठाउन व्यबस्थापन भैरहेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए।
यसअघि प्रतिष्ठानमा सप्तरीका ७३ वर्षीय रामकृष्ण दासको निधन भएको थियो ।
प्रतिष्ठानमा हाल ११ जना कोरोना संक्रमितको उपचार भैरहेको प्रतिष्ठानका प्रबक्ता डा. निधेश सापकोटाले बताए।
उनले प्रतिष्ठानमा उपचारका लागि भर्ना भएका २ सय ६७ जनालो कोरोना जितेर डिस्चार्ज भईसकेको जानकारी दिए।
प्रकाशित मिति: मंगलबार, साउन ६, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय