पोखरामा थप २ जनामा कोरोनाको संक्रमण देखिएको छ।
पोखरास्थित पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान गरिएको परिक्षणमा एक महिला र एक पुरुषमा संक्रमण देखिएको हो। संक्रमित हुने ३० बर्षिय महिला र २९ बर्षिय महिला रहेका छन्।
यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १३७७ पुगेको छ। त्यस्तै अहिलेसम्म १२०९ जना निको भएका छन्। पछिल्लो समय पोखरामा कोरोनाको संक्रमण बढ्दै गएको छ।
प्रकाशित मिति: आइतबार, साउन ११, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय