जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत प्रहरी प्रमुख सहित १८ जनामा कोरोना पुष्टी भएपछि उच्च सर्तकता अपनाइएको छ । जिल्ला प्रहरी कार्यालयमा कार्यरत ३ जना प्रहरीमा कोरोना भाइरस देखिएपछि कार्यालय भित्र रहेका सबैको नमूना श्वाव संकलनगरी परिक्षणका लागि पोखरा पठाएको थियो ।
प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले स्याङ्जाका १८ जना प्रहरीमा कोरोना पुष्टि गरेको हो । स्याङ्जाका प्रहरी प्रमुख डिएसपी राजेन्द्र प्रसाद अधिकारीले १८ जना प्रहरीमा कोरोना भाईरस देखिएको पुष्टी गरेका हुन् । अग्रपङ्तीमा रहेर कोरोना रोकथामका लागि काम गरिरहेकाहरुमा कोरोना देखिनु स्वाभिवक भएको भन्दै अव उच्च सतर्कता अपनाएर काम गर्ने बताए ।
एक महिला प्रहरी सहित १८ जना प्रहरीमा कोरोना पुष्टी भएसँगै अग्रभागमा रहेर कोरोना रोकथामका लागि खटिनेहरुको परिक्षणको दायरा बढाउनु पर्ने माग समेत बढेको छ ।
प्रकाशित मिति: सोमबार, साउन १२, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय