हिमाल दैनिक
पोखरामा १४ जनामा कोरोनाको संक्रमण देखिएको छ। बिहीबार स्वास्थ्य निर्देशनालय पोखराका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान गरिएको परिक्षणमा कास्कीमा १४, स्याङजामा ११, बागलुङमा ६, तनहुँमा ३, लमजुङमा ३ र नवलपुरमा १ गरि ३८ जना संक्रमण देखिएको हो । आज एकै दिनमा कास्कीको पोखरा महानगरपालिकामा १४ जना पुरुषमा संक्रमण देखिएको छ । त्यस्तै स्याङजामा एक जना प्रहरीलाई सहित गरेर ११ जनामा कोरोना देखिएको छ । स्याङजाको विरुवा १ जना, गल्याङका ६ जना पुरुष र १ जना महिला, पुतलीबजार १ जना, भीरकोट १, बाग्लुङको काठेखोला २ जना, बागलुङका १ जना, जैमिनी १ जना, बडिगाडका २ जना, तनहुँको ऋषिङ १ जना, व्यासका २ जना, नवपुरको डेडगाउँका १ जना, लमजुङ बेशीसहरका ३ जना रहेका छन्। सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिए । यस संगै गण्डकीमा संक्रमितको संख्या १ हजार ४ सय ७९ पुगेको छ भने संक्रमणबाट निको भएर १ हजार २ सय ३० जना घर फर्किसकेका छन् । अहिलेसम्म गण्डकी प्रदेशमा ४ जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति: बुधबार, साउन १४, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update