पिसिआर परिक्षण बढाउनुपर्ने, कोरोना नियन्त्रणका लागि प्रभावकारी कदम चाल्नुपर्ने लगाएतका माग राख्दै इनफ इज इनफ समूहले उठाएका मागमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले ऐक्यवद्धता जनाएको छ।
शनिबार बसन्तपुरमा अनशनरत इनफ इज इनफका इशान अधिकारी इ लगायतलाई भेटेर कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारले तुरून्त माग पूरा गर्नुपर्ने बताए।
बर्तमान सरकारले अभियानको जायज मागलाई पुरा गर्नुपर्ने र अनसन तोडाउनुपर्ने उनले बताए।
कोरोनाबाट कोहिपनि व्यक्ति मर्न नहुने भन्दै अभियानप्रति समर्थन रहेको उनको भनाई छ। उनले इनफ इज इनफको अभियान तथा प्रदर्शनमा प्रहरीले गरेको धरपकडलाई कांग्रेसले भत्र्सना गरेको बताए।
त्यस्तै कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सरकारले इनफ इज इनफले उठाएका माग तत्काल पूरा गर्नुपर्ने धारणा राखे।
इनफ इज इनफले पिसिआर परीक्षणको दायरा वृद्धिलगायतका माग राखेर अभियान जारी राखेको छ। यसअघि सरकारले आफुहरुसंग गरेको सहमति सरकारले कार्यान्वयन नगरेको भन्दै इनफ इज इनफ अभियाले पुन अनसन सुरु गरेको हो।
प्रकाशित मिति: शुक्रबार, साउन १६, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय