गण्डकी प्रदेशमा थप २० जनामा कोरोनाको संक्रमण देखिएको छ । पोखरा स्थित स्वास्थ्य निर्देशनालयले आइतबार बिहान जारी गरेको बिज्ञप्ति अनुसार कास्कीमा ६, बाग्लुङ्गमा १, लम्जुङ्गमा ३, स्याङ्जामा ८ र तनहुँमा २ जना गरि २० जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो।
पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा पोखरा महानगरपालिकाका ६२ बर्षिय पुरुषमा, रुपा गाउँपालिकाका ३१, २५, ३३ बर्षिय पुरुष र ३१, ३३ बर्षिय महिलामा संक्रमण देखिएको छ ।
त्यस्तै क्षयरोग उपचार केन्द्रमा गरिएको परिक्षणमा तनहुँ जिल्लाको म्याग्दे गाउँपालिकाका ३६ बर्षिय पुरुष र आबुखैरिनीका ४२ बर्षिय पुरुष रहेका छन्।
त्यस्तै बाग्लुङ्गका २५ बर्षिय पुरुषमा संक्रमित देखिएको छ । लम्जुङ्गको सुन्दरबजारको २९ र ३० बर्षिय पुरुष र दोदीका ४१ बर्षिय महिला रहेकी छिन्। त्यस्तै स्याङ्जामा संक्रमित हुने पुतलीबजारका ४४, २९ बर्षिय महिला र २९ बर्षिय पुरुष रहेका छन्। स्याङ्जाको वलिङ्गको २९, ३९,२५,४० र ४७ बर्षिय पुरुषमा पनि संक्रमण देखिएको छ।
यस संगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १५०५ पुगेको छ भने अहिलेसम्म १२४५ जना स्वास्थ्य लाभ लिईसकेको निर्देशनालयले जनाएको छ।
प्रकाशित मिति: शनिबार, साउन १७, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय