हिमाल दैनिक
गण्डकी प्रदेशमा एकै दिन ३९ जनामा कोरोनाको संक्रमण देखिएको छ। आइतबार दिनभर गण्डकी प्रदेशमा ३९ जनामा कोरोनाको संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ। निर्देशनालयका अनुसार आज कास्कीमा १० जना,बाग्लुङ्गमा ३ जना ,नवलपरासी (ब सु पु)मा ९ जना , गोरखामा २ जना, तनहुँमा ५ जना, लम्जुङ्गमा ३ जना र स्याङ्जामा ८ जना गरि ३९ जनामा संक्रमण देखिएको हो। गण्डकी प्रदेशको पछिल्लो विवरण अनुसार हालसम्म १३४२ जना पुरुष र १८२ जना महिला गरि १५२४ जनामा कोरोना संक्रमित देखिएको छ। त्यस्तै गण्डकीमा निको हुने ८७.२७% रहेको छ। अहिले १०१६ जनालाई क्वारिनटाईनमा रखिएको छ। गण्डकीमा १३३० जना स्वास्थ्य लाभ लिइ घर फर्किसकेको निर्देशनालयले जनाएको छ।

जिल्ला स्तरीय विवरण

क्रस जिल्ला संक्रमित निको हुने सक्रिय केस मृत्यु
कास्की १४० ११० ३०
स्याङ्जा २६८ १५४ ७२`
बाग्लुङ् २४६ २२२ २३
पर्बत ९८ ९७
म्याग्दी ४७ ४१
मुस्ताङ्
मनाङ्
लम्जुङ् ११० ९६ १४
तनहुँ १८३ १६४ १४
१० गोरखा १०६ १०३
११ नवलपरासी(पूर्व) ३२४ ३०१ २३

स्रोत: स्वास्थ्य निर्देशनालय पोखरा 

प्रकाशित मिति: शनिबार, साउन १७, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update