हिमाल दैनिक
महामारी समुदायस्तरमा बढेपछि सरकारले बल्ल दियो चासो
116617524_179551620218117_8898571081386870301_n
नेपालमा पछिल्लो समय कोरोनाको संक्रमण बढ्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले जनस्वास्थ्य विज्ञ तथा विपक्षी दलका नेताहरूसँग छलफल गरेका छन्। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीले बिज्ञ र प्रतिपक्ष दलहरुसंग छलफल गर्न बैठक बोलाएका थिए। बैठकमा प्रमुख प्रति पक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जसपा नेता अध्यक्ष महन्थ ठाकुर छलफलमा सहभागी भएका छन्। नेकपाका अध्यक्ष पुष्प कमल दाहाल 'प्रचण्ड' भने बैठकमा उपस्थित भएका छैनन्। छलफल जारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए। [gallery td_select_gallery_slide="slide" link="file" ids="19302,19303"] संक्रमण समुदायस्तरमा फैलिदै गएपछि सरकारले आजको बैठकमा बिज्ञ तथा नेताहरुसंग परामर्श अनुसार अघि बढ्ने बताइएको छ। आजको बैठकमा लकडाउनबारे छलफल हुने बताइएको छ । नेपालमा कोरोनाको संक्रमण बढ्दै गएपछि प्रधानमन्त्री ओलीले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)मा सामेल मन्त्री, सचिव, विज्ञ तथा जनस्वास्थ्य क्षेत्रका विज्ञहरूलाई पनि छलफलमा बोलाएका छन्। कोरोनाको संक्रमण नेपालमा कम भएको भन्दै सरकारले साउन ६ गते लकडाउन अन्त्यको घोषणा गरेको थियो। लकडाउन अन्त्य भएसंगै नेपालमा संक्रमण र मृत्युको दर दैनिक रुपमा वृद्धि हुँदै गएको छ। यो पनि पढ्नुहोस्
महामारीको त्रासदी जनतामा भएर के भो? बालुवाटारमा त मुजरा चलेकै छ नि!
प्रकाशित मिति: सोमबार, साउन १९, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update