प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा महामारीका रुपमा फैलिँदै गएको कोरोना संक्रमणको संकटबारे परामर्शका लागि बोलाइएको छलफलमा पनि राजनीतिक रुपमा सरकारमाथि परेको संकट टाल्ने उपायकै रुपमा उपयोग गर्ने प्रयास गरेका छन्।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा विज्ञ र विभिन्न राजनीतिक दलका नेताहरूसँगको परामर्श बैठकमा प्रधानमन्त्री ओलीले संक्रमणको फैलावट समुदायमा पुगेकोले त्यसबाट देश र जनतालाई जोगाउने रणनीति भन्दा पनि आफ्नै दलभित्र र बाहिरबाट सरकारप्रति आइपरेको संकट टार्ने अस्त्रको रुपमा प्रयोग गरे। उनले संकट विरोध गर्ने माध्यम बनाएको भन्दै संकटलाई विरोध गर्ने अवसरका रूपमा नलिन आग्रह गरेका थिए।
https://youtu.be/1SoaRj1fp78
विश्वभर महामारीका रुपमा फैलिएको संक्रमणको प्रत्यक्ष असर नपरेको अवस्थामा सरकारले त्यसविरुद्ध सावधानी र पूर्वतयारी सहितको रणनीति नबनाई लकडाउन आदेश जारी गरी त्यसको दुरुपयोग गरेपछि सरकारको सदनदेखि सडकसम्म विरोध भएको थियो।
तर, प्रधानमन्त्री ओलीले बैठकमा सरकारविरुद्ध भएको विरोध र आलोचनाप्रति कटाक्ष गर्र्दै कहिले लकडाउन किन गरेको भनेर विरोध गरेको र कहिले लकडाउन किन खोलेको भनेर सरकारप्रति विरोध भएको गुनासो गरे।
प्रधानमन्त्री ओलीले सङ्कटको बेलामा गैरजिम्मेवार ढङ्गले प्रस्तुत भएको भन्दै आफ्नै पार्टीका नेताहरुको कार्यशैलीप्रति पनि असन्तुष्टि जनाएका थिए।
विपक्षी दलका नेता र जनस्वस्थ्यविदहरुसँग संक्रमणको विषयमा परामर्शका लागि डाकिएको बैठकमा प्रधानमन्त्री ओलीले आफ्नै दलभित्रको आन्तरिक विवादबाट उत्पन्न समस्याबारे गुनासो पोख्ने थलो जस्तै बनाएको एक सहभागी नेताले बताए।
यो पनि पढ्नुहोस्
उनले सरकारले २५ जनाभन्दा बढी भेला नहुन भनेको भएपनि नेकपाभित्रै चार सय ५० को केन्द्रीय कमिटी तुरुन्त चाहियो भनेर आवाज उठाएको आरोप लगाए। जब कि यो विषय ओलीले आफ्नै दलभित्रका नेताहरुसँग छलफल र विमर्श गरी सल्टाउने विषय हो। जसका लागि उनले आफ्नो स्वार्थ अनुकूल निर्णय आउने बेलामा कसैलाई नसोधी र सरकारले जारी गरेको उर्दी विपरित सयौँको संख्यामा आफ्ना समर्थकहरुलाई बालुवाटारको सरकारी कार्यलयमा भेला गराएर छलफल, भाषणवाजी र विरोधीविरुद्ध विष वमन गर्ने कार्य गरिरहेका छन्। ओलीले देश र जनताप्रतिको गम्भीर उदासिनता, लापरवाही, बेवास्ता गर्ने प्रवृत्ति र आफ्ना स्वार्थका पछाडि कुद्ने प्रवृत्ति निकै व्यापकरुपमा देखिएको तर्क गरे। अहिले संकटका बेला सबै एक हुनुपर्ने उनको भनाई छ। छलफलमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संक्रमण हेरेर लकडाउनबारे निर्णय गर्न प्रधामन्त्रीलाई सुझाव दिएको बताए। हरेकलाई सामाजिक दूरी कायम गर्न र मास्क अनिवार्य गर्न कडाई गर्नुपर्ने उनको सुझाव थियो। देउवाले समुदायमा संक्रमण फैलिएको नफैलिएकोबारे पत्ता लगाएर निर्णय गर्न सल्लाह दिएका थिए। प्रधानमन्त्री ओलीले कोभिड १९ को संक्रमण बढ्दै गएपछि यसको नियन्त्रणबारे विज्ञहरुसँग छलफल गरेका हुन्। प्रतिदिन १८ हजार सम्मको परीक्षण गर्न सकिने गरि ल्याबको स्थापना गरिएकोबारे प्रधानमन्त्रीको सचिवालयले विज्ञहरुलाई जानकारी गराएको थियो । प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्र गुरागाईंले हालसम्म ४ लाखको पीसीआर टेस्ट गरिएको जानकारी गराएका थिए। बैठकमा जनस्वास्थ्यविदहरुले परिस्थितिको आंकलन गरी कम्तीमा दुई साताको लकडाउन आदेश जारी गर्न सरकारलाई सुझाव दिएको बताइएको छ।
महामारीको त्रासदी जनतामा भएर के भो? बालुवाटारमा त मुजरा चलेकै छ नि! |

प्रकाशित मिति: सोमबार, साउन १९, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय