हिमाल दैनिक
कोरोना भाइरसको बढ्दो संक्रमणबाट चिन्तित बनेका स्वास्थ्य सरोकारवाला र विज्ञहरुले कोरोना नियन्त्रणका लागि पुनः लकडाउन गर्न सरकारकालाई सुझाव दिएका छन्। कोरोना भाइरस संक्रमितको संख्या लकडाउन आदेश फिर्ता भएपछिका दिनमा निरन्तर रुपमा बढ्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार आफ्नै सरकारी निवास बालुवाटारमा आयोजना गरेको छलफलमा विज्ञहरुले लकडाउन गर्न सुझाव दिएका हुन्। छलफलमा सहभागी केहि बिज्ञहरुले तत्काल १५ दिन कडा खालको लकडाउन गर्न सुझाएका थिए भने केहिले आवश्यकता हेरी ठाउँ विशेषमा लकडाउन गर्न सरकारलाई सुझाएका थिए। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले कोरोनाको समस्या समाधानका लागि कतिपयले कफर््यु लगाउनुपर्ने, केहिले कडा लकडाउन र केहिले विशेष क्षेत्रमा मात्र लकडाउन गर्न सुझाव दिएको जानकारी दिए। थापाले सबैको सुझाव सुनेपछि प्रधानमन्त्रीले सीसीएमसी, स्वास्थ्य मन्त्रालयसँग समेत छलफल गरेर लकडाउनको मोडालिटी तयार गर्ने जानकाी दिए। छलफलपछि जनस्वास्थ्यविद डा. समिरमणि दीक्षितले भने देशभर लकडाउन गर्नुको साटो संक्रमण बढी भएका स्थानमा लकडाउन गर्नुपर्ने र अन्य स्थानमा व्यवस्थित बनाउँदै लैजानुपर्ने सुझाव दिएको प्रतिक्रिया दिए। जनस्वास्थ्यविद् रवीन्द्र पाण्डेले विज्ञहरुले १५ दिन कडा खालको लकडाउन गर्न प्रधानमन्त्रीलाई सुझाएको जानकारी दिएका थिए। केही विज्ञले भने कोरोना अहिले नै नियन्त्रणमा आउन सक्ने अवस्था नरहेको र २–३ वर्षपनि लम्बिन सक्ने भएकाले जनस्वास्थ्यका मापदण्ड अपनाएर अवस्थालाई सहजतातिर लैजानु पर्ने धारणा पनि राखेका थिए।
प्रकाशित मिति: सोमबार, साउन १९, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update