पोखरा थप १० जनामा कोरोनाको संक्रमण देखिएको छ। पोखरा स्वास्थ्य निर्देशनालयको पछिल्लो अद्यावधिक विवरण अनुसार पोखरा महानगर पालिकामा १० जना पुरुषमा कोरोनाको संक्रमण देखिएको छ।
संक्रमित मध्य दुई जना होम क्वारेन्टाइनमा रहेका छन् भने अरु महानगरको क्वारेन्टाइनमा रहेको निर्देशनालयका प्रमुख डा. विनोद विन्दु शर्माले जानकारी दिए । संक्रमित पुरुषहरु ३८ ,१७,४५, २१, २७, २०, २३, ३०, ५७, १७ बर्षका रहेका छन्। संक्रमितहरु ८, १०,१३, १७, १८, १२, २३ वडा का रहेका छन्।
त्यस्तै बाग्लुङ्मा पनि दुई जनामा पनि संक्रमण देखिएको छ। संक्रमित हुने गल्कोटको ३४ बर्षिय पुरुष र जेमिनीको २५ बर्षिय महिला रहेकी छिन्। उनिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको शर्माले जानकारी दिए। यस संगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १५५५ पुगेको छ।
प्रकाशित मिति: मंगलबार, साउन २०, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय