हिमाल दैनिक
पोखराको नदीपुर प्रहरी बिटमा कार्यरत एक जना प्रहरी जवानमा कोरोनाको संक्रमण देखिएको छ । बुधबार नदीपुर बिटमा कार्यरत ३८ बर्षीय प्रहरीमा कोरोनाको संक्रमण देखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ। उनको कुनै ट्राभल हिस्ट्री नभएको कास्कीका प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए । ड्युटीमा खटिने क्रममा उनमा कोरोनाको सरेको हुन सक्ने हमालले बताए। उनमा कोरोनाको सामान्य लक्षण देखापरेपछि साउन १८ गते उनको स्वाब संकलन गरिएको थिए । उनि क्वारेन्टाइनमा ड्युटी गर्ने गरेको बताइएको छ। पोखरा महानगरपालिकाले प्रहरी बिट नजिकै पद्म नर्सिङ होमलाई महिला क्वारेन्टाइन बनाएको छ । संक्रमण देखेपछि आज कास्की जिल्ला प्रहरी कार्यालय मातहतमा कार्यररत १ सय ११ जनाको स्वाब लिएको छ । आज मात्र पोखरमा १० जनामा कोरोनाको संक्रमण देखिएको छ। । यस संगै पोखरामा १ सय २९ जनामा कोरोना पुष्टि भएको छ भने ९० जना निको भएर घर फर्किएका छन् । हालसम्म गण्डकी प्रदेशभर १५ सय ५५ जनामा संक्रमण पुष्टि भएको छ ।
प्रकाशित मिति: मंगलबार, साउन २०, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update