हिमाल दैनिक
नेपालमा आइतबार थप ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका बिभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएको परिक्षणका क्रममा तीन सय ८० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । संक्रमितहरुमा काठमाडौं उपत्यकाका ९२ जना रहेका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २२ हजार नौ सय ७२ पुगेको छ । यस्तै गएको आइतबार ४० जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएसँगै कोरोना जित्नेहरुको सङ्ख्या १६ हजार तीन सय १५ पुगेको छ । नेपालमा कोरोना सङ्क्रमणबाट थप दुई जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ७५ पुगेको प्रवक्ता गौतमले बताए । त्यस्तै ६ हजार पाँच सय ४४ जना सक्रिय सङ्क्रमित अहिले विभिन्न ठाउँको आइसोलेशनमा छन् । यस्तै ११ हजार ३८ जना क्वरेण्टीनमा रहेका छन् ।
प्रकाशित मिति: शनिबार, साउन २४, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update