नेपालमा थप तीन सय ३८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सोमबार सङ्क्रमण पुष्टि भएका सँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २३ हजार तीन सय १० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
आठ हजार चार सय ३२ जनाको पीसीआर परीक्षण गर्दा तीन सय ३८ जनामा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । संक्रमितमध्येमा काठमाडौका ३६ र भक्तपुर तथा ललितपुरमा ४–४ जना रहेका छन् ।
यस्तै सोमबार एक सय ४० जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएसँगै कोरोना जित्नेको सङ्ख्या १६ हजार चार सय ९३ पुगेको छ । यस्तै गएको २४ घण्टामा नेपालमा कोरोना सङ्क्रमणबाट थप चार जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ७९ जना पुगेको प्रवक्ता गौतमले बताए ।
हाल ६ हजार सात सय ३८ जना अहिले देशका विभिन्न ठाउँका आइसोलेशनमा छन् । यस्तै १० हजार सात सय ५९ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, साउन २५, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय