कोरोना संक्रमितको संख्या बढेदै भएपछि कपिलवस्तुमा पुन लकडाउन भएको छ । कोरोना संक्रमण समुदायस्तरमै फैलिन थालेपछि कपिलवस्तुमा पुनः ६ दिनकालागि लकडाउन भएको हो ।
साउन २७ गते बिहान ५ बजे देखि साउन ३२ गते साझ १२ बजे सम्मकालागि लकडाउन गरिएको हो । अत्यावश्यक सेवा बाहेक सबै सेवाहरु बन्द गरिएको जिलला प्रशासन कर्यालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
यसअघि गत साउन २२ गते देखि साउन ३२ गते सम्मकालागि सूचना जारी गरि अर्ध लकडाउन गरिएको थियो । जिल्लामा सरकारी कार्यालय, बैकिङ संस्था बजार, पसल निजी र सार्वजनिक सवारी साधन बन्द गर्ने निर्णय गरिएको छ । कोरोना फैलने उच्च जोखिम बढेकोे र बढी जन संपर्क हुने स्वास्थ्यकर्मि, ब्यपारी बैक तथा बित्तीय संस्थाका कर्मचारीहमा समेत संक्रमण देखिएपछि लकडाउन गरिएको गरेको हो ।
स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३ ) तथा संक्रमण रोग ऐन २०२० को दफा २ बमोजिम सो निर्णय गरिएको छ ।
प्रकाशित मिति: आइतबार, साउन २५, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय