हिमाल दैनिक
पोखरामा थप ४ जनामा कोरोनाको संक्रमण देखिएको छ। मंगलबार बिहानको अध्यावधिक विवरण अनुसार पोखरामा थप दुई पुरुष र महिलामा कोरोनाको संक्रमण देखिएको हो। पोखरा स्थित क्षयरोग उपचार केन्द्रमा गरिएको परिक्षणमा पोखरा महानगरपालिकाका ५ र ३० न वडामा ११ र ३० बर्षिय पुरुष र ५ र १७ न वडामा ३८ र ४७ बर्षिय महिलामा संक्रमण देखिएको छ। त्यस्तै बाग्लुङ्ग र तनहुँ जिल्लामा २-२ जनामा संक्रमण देखिएको छ। संक्रमण हुने बाग्लुङ्ग जिल्ला का वडा न ४ का २२ बर्षिय महिला र वडा न ३ का ३९ बर्षिय पुरुष रहेका छन् भने तनहुँ जिल्लाको बन्दीपुर वडा न ६ र ३ मा १९ र २९ बर्षिय पुरुष रहेका छन्। उनिहरुलाई अहिले सम्बन्धित जिल्ला अस्पतालको आइसोलेसनमा लैजाने तयारी भइराखेको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ। यस संगै गण्डकी प्रदेशमा संक्रमित हुनेको संख्या १६३१ पुगेको छ भने अहिलेसम्म चार जनाको मृत्यु भएको छ।
प्रकाशित मिति: सोमबार, साउन २६, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update