हिमाल दैनिक
रुसले बनाएको पहिलो कोरोना खोप 'स्पुतनिक-वी'
EfKQ1siWsAEzU7A
रुसका राष्ट्रपति व्लादिमीर पुटिनले कोरोनाको खोप बनाएको दाबा गरेका छन्। बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोबिड-१९) भाइरसको खोप रेजिष्टर गर्ने रुस दुनियाको पहिलो राष्ट्र बनेको छ। कोरोना भाइरसको पहिलो खोप उनले आफ्नो छोरीलाई दिएको पनि बताएका थिए। उनकी छोरीलाई अहिलेसम्म खोपको दुई डोज दिईसकेको अन्तराष्ट्रिय संचार मध्यमले जनाएको छ। रुसी सरकारले उक्त खोपको नाम 'स्पुतनिक-वी' राखेको छ। रुसले स्पटनिक-भीको पहिले अधिकारिक तस्बिर पनि सार्बजनिक गरेको छ। उक्त नाम रुसले आफ्नो पहिलो उपग्रह 'स्पुतनिक-वी' मा राखेको हो। संचार मध्यमका अनुसार 'स्पुतनिक-वी'को दोश्रो डोजपछि उनको शरीरको तापक्रममा केहि फरक देखिएको छ। पुटिनका अनुसार स्पटनिक-भीको पहिलो डोज दिंदा उनको शरीरको तापक्रम ३८ डिग्री रहेको थियो। दोश्रो डोज दिंदा उनको छोरीको शरीरको तापक्रम १ डिग्रीले घटेको छ। केहि समयपछि उनको तापक्रम बढ्दै गएको र अहिले अवस्था सामान्य रहेको संचार मध्यमहरुले जनाएका छन्। राष्ट्रपति पुटिनका दुई छोरी छन्, मारिया र कैटरिना । 'स्पुतनिक-वी' खोप यी दुई मध्य कसलाई दिइएको भनेर पुटिनले खुलासा भने गरेका छैनन्। उनले आफ्नो छोरीले खोप लगाईसकेपछि भने सहज महसुस गरेको बताएका छन्। उनमा अहिले ठुलो संख्यामा एन्टीबाड़ीज बढेको बताइएको छ। अहिलेसम्म उक्त खोपको विभिन्न अनुसन्धान भईराखेको र अहिले सम्म यो सुरक्षित रहेको पुटिनले दाबी गरेका छन्। रुसका स्वास्थ्यमन्त्री मिखाइल मुराश्कोले अहिले सम्म दुनिया भर बाट २० देशले खोपका लागि प्रि-अडर गरेको बताएका छन्। उनका अनुसार अहिले सम्म भारत, साउदी अरब। इन्डोनेसिया, फिलिपिन्स, ब्राजिल, मेक्सिको आदि राष्ट्रहरुले खोप किन्ने इच्छा गरेका छन्। रुसका रक्षा मन्त्रालयका अनुसार खोपको ट्रायलको परिणाम सकारात्मक आएको दाबी गरेको छ। मन्त्रालय का अनुसार उक्त खोपले शरीरमा इम्युनिटी विकसित गर्दै गइराखेको छ। अहिलेसम्म यो खोपको केहि पनि नेगेटिभ साइड इफेक्ट भने देखिएको बताइएको छ। रुसले यो खोप क्लिनिकल ट्रायलमा सत प्रतिशत सफल रहेको दाबी गरेका छ।
प्रकाशित मिति: सोमबार, साउन २६, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update