हिमाल दैनिक
नेपालमा थप चार सय ८४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा थप चार सय ८४ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको हो । संक्रमितहरुमा काठमाडौं उपत्यकाकै १३८ जना रहेका छन्। नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २४ हजार चार सय ३२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । त्यस्तै कोरोनाका कारण थप ८ जनाको मृत्यु भएको छ । पछिल्लो समय ह्याम्स अस्पताल धुम्बाराहीमा उपचाररत् धादिङका ३२ वर्षीय कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ । जनकपुरका एक ७१ वर्षीय पुरुषको मेडिसिटी अस्पतालमा मृत्यु भएको छ भने धनुषाकै ३१ वर्षीया एक महिलाको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको मन्त्रालयले जनाएको छ । त्यसैगरि सप्तरी घर भएका र राजविराज बस्दै आएका ७२ वर्षीय एक पुरुषको मृत्यु भएको छ । त्यस्तै मोरङका ५५ वर्षीय पुरुषको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ । कपिलबस्तु तौलिहवाका ४२ वर्षीय पुरुषको बुटवल कोरोना अस्पतालमा मृत्यु भएको छ । बारा कलैयाका ७५ वर्षीय पुरुषको किस्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको मन्त्रालयले जनाएको छ । काठमाडौं टेकु निवासी ७८ वर्षीया एक महिलाको किस्ट मेडिकल कलेज शिक्षण अस्पतालमा मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए । योसंगै नेपालमा कोरानाका कारण मृत्युहुनेको संख्या ९१ पुगेको छ । बुधबार थप ६४ जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएसँगै कोरोना जित्नेको सङ्ख्या १६ हजार सात सय २८ पुगेको छ । अहिले देशका विभिन्न ठाउँको आइसोलेशनमा सात हजार ६ सय १३ जना छन् । यस्तै १४ हजार आठ सय ४६ जना क्वरेन्टाइनमा रहेका छन् ।
प्रकाशित मिति: मंगलबार, साउन २७, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update