हिमाल दैनिक
भोलिदेखि सवारी पास जारी नगर्न गृहद्वारा सिडिओ कार्यालयलाई निर्देशन
griha-mantralaya
कोरोना भाइरसको संक्रमणले देशको प्रमुख भागहरुलाई गाँज्दै गएपछि सरकारले जिल्ला प्रशासन कार्यालयबाट जारी हुँदै आएको सवारी पास भोलिदेखि बन्द गर्ने निर्णय गरेको छ। संक्रमितको संख्या दिनहुँ बढ्नुका साथै मृत्यु हुनेको संख्यामा पनि अत्याधिक बद्धि भएपछि बुधबार गृहमन्त्रालयले सवारी पास जारी नगर्न सबै जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ। मन्त्रालयका शाखा अधिकृत अमरदिप सुनुवारले साँझ जारी गरेको निर्देशनमा विभिन्न मितिमा सरकारले लिएको निर्णयका आधारमा जिल्ला प्रशासन कार्यालयमार्फत जारी हुँदै आएको सवारी पास भोलि २९ गतेदेखि बन्द गर्न जिल्ला प्रशासन कार्यालय र नेपाल प्रहरीको प्रधान कार्यालयलाई निर्देशन दिइएको छ। एउटा जिल्लाबाट अर्को जिल्लामा जान जिल्ला प्रशासन कार्यालयको पासका आधारमा मानिसहरु आवातजावत गरिरहेको भनिएपनि उपत्यका भित्र आउनेहरुका लागि स्थानीय प्रशासन र सुरक्षाकर्मीले आर्थिक चलखेलका आधारमा मनपरी विनापासका मानिसहरुलाई आउन र जान दिइरहेका छन्। जसको कारण उपत्यकामा पछिल्लो समय संक्रमितहरुको संख्या ह्वात्तै बढेर नियन्त्रण बाहिर गएको छ।
प्रकाशित मिति: मंगलबार, साउन २७, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update