नेपालमा थप ५८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणका क्रममा १७३ महिला र ४०८ पुरुष गरि थप ५८१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
संक्रमितहरुमा काठमाडौं उपत्यकाका १६८ जना रहेका छन् । काठमाडौंमा १३९, भक्तपुरमा १४ र ललितपुरका १५ जनामा कोरोना देखिएको हो । सोमबार थप १६० जना डिष्चार्ज भएका छन् भने हालसम्म १७ हजार ४९५ जना डिष्चार्ज भएका छन् । त्यस्तै कोरोनाका कारण थप तीन जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १०७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
हाल सक्रिय संक्रमितको संख्या ९६३९ रहेको छन् भने ७०३९ आइशोलेशनमा छन् । त्यस्तै १५,१९८ जना क्वारेन्टाइनमा रहेका छन् ।
प्रकाशित मिति: आइतबार, साउन ३२, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय