हिमाल दैनिक
वीरगञ्जको होटल बाटिकामा ४० शैय्याको सामुदायिक आइसोलेशन केन्द्र सञ्चालनमा
Batika Hotel Birgunj
कोरोना भाइरस संक्रमणको प्रमुख जिल्लामध्ये एक पर्सा जिल्लामा स्थानीय समुदायको प्रयासमा सामुदायिक आइसोलेसन केन्द्र संचालनमा ल्याइएको छ। उद्योग व्यवसायी अनिल रुंगटाका अनुसार, वीरजञ्ज महानगरपालिका वडा नम्बर २५ स्थित होटल बाटिका इन्टरनेश्नलमा ४० शैय्याको आइसोलेशन केन्द्र सञ्चालन कार्य सुरु भएको छ। उक्त सामुदायिक आइसोलेशन केन्द्रमा कोरोना सङ्क्रमण भएका सर्वसाधारणलाई राखिने बताइएको छ। यसरी स्थापित आइसोलेसन केन्द्रमा कोरोना सङ्क्रमितका लागि नियमितरूपमा निःशुल्क चिकित्सकीय उपचार तथा परामर्श सेवा समेत उपलब्ध गराइने बताइएको छ। यसका लागि स्थानीय एक मेडिकल अधिकृतसहित चार जना प्यारामेडिकल कर्मचारीको सेवा उपलब्ध गराइने छ। त्यस्तै नारायणी अस्पतालका विज्ञ डक्टरबाट नियमितरुपमा आइसोलेसन केन्द्रमै पुगेर परामर्श सेवा उपलब्ध गराईने छ। पछिल्लो समय संक्रमणको हटस्पटका रुपमा परिचित बनेको वीरगञ्जमा संक्रमितको संख्यामा दिनहुँ भएको बृद्धि र उनीहरुका लागि उपयुक्त आइसोलेशन केन्द्र नभएर समस्या परिरहेको बेला उक्त होटलमा सञ्चालित सामुदायिक आइसोलशन केन्द्रले केही राहत दिन विश्वास गरिएको छ।
प्रकाशित मिति: शुक्रबार, भदौ ५, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update