नेपालमा थप ६३४ जनामा कोरोना पुष्टि भएको छ । देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा ६३४ जनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
संक्रमितहरुमा उपत्यकामा २१६ जना थपिएका छन्, काठमाडौंमा १६०, भक्तपुरमा ५० र ललितपुरमा ६ जनामा कोरोना देखिएको हो । यो संगै नेपालमा कुल सङ्क्रमितहरूको सङ्ख्या ३१,११७ पुगेको छ । शनिबार १३६ जना डिष्चार्ज भएका छन् भने हालसम्म हालसम्म १८३५० जना डिष्चार्ज भएका छन् । त्यस्तै कोरोनाका कारण नेपालमा थप ९ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार सुनसरीमा एक बालिकासहित २ जना, पर्सामा ६१, ५८ र ४८ बर्षिय पुरुष, बारामा ५८ बर्षिय पुरुष, सिराहामा ६८ बर्षिय पुरुष, मकवानपुरमा ५६ बर्षिय पुरुष र भक्तपुरमा ७३ बर्षिय पुरुषको मृत्यु भएको हो । योसंगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १४६ पुगेको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए ।
हाल क्वारेन्टाइनमा ११,६५८ जना रहेका छन् ।
प्रकाशित मिति: शुक्रबार, भदौ ५, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय