गण्डकी प्रदेशमा आज थप ८ जनामा कोरोनाको संक्रमण देखिएको छ। सोमबार बिहान स्वास्थ्य निर्देशनालयको अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशका ५ जिल्लामा एक बालिका र ७ जना पुरुषमा संक्रमण देखिएको हो।
पोखरा स्थित क्षयरोग उपचार केन्द्रमा गरिएको परिक्षणमा नवलपरासी(पु)मा २ जना,तनहुँमा २ जना, बाग्लुङ्गमा २ जना, म्याग्दी र स्याङ्जामा १-१ जनामा संक्रमण देखिएको हो।
संक्रमितको विवरण:
सबै संक्रमित कन्ट्याक ट्रेसिंगमार्फत पहिचान भएको निर्देशानलयले जनाएका छ। त्यस्तै संक्रमित मध्य दुईजना नेपाल आर्मी र १ जना नेपाल प्रहरीमा कार्यरत रहेको निर्देशनालयका प्रबक्ता डा बिनोद बिन्दु शर्माले जानकारी दिए। स्याङ्जा जिल्ला पुतलीबजार नगरपालिकाको १ जना र तनहु जिल्ला ब्यास नगरपालिकाको १ जना गरि २ जना नेपाल आर्मीमा र म्याग्दी जिल्ला बेनी नगरपालिकाको १ जना व्यक्ति नेपाल प्रहरीमा संक्रमण देखिएको डा शर्माले जानकारी दिए |
यससंगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १ हजार ८ सय ८८ पुगेको छ। हालसम्म १ हजार ६ सय १२ जना डिस्चार्ज भईसकेका छन् भने अहिले सम्म ७ जनाको मृत्यु भएको छ।
नवलपरासी (ब सु पु) | २८ बर्षिय पुरुष र ६ बर्षिय बालिका |
तनहुँ | २६ र २८ बर्षिय पुरुष |
बाग्लुङ्ग | २० र २० बर्षिय पुरुष |
म्याग्दी | २० बर्षिय पुरुष |
स्याङ्जा | २७ बर्षिय पुरुष |
प्रकाशित मिति: आइतबार, भदौ ७, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय