हिमाल दैनिक
नेपालमा सोमबार थप ७४३ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा थप ७४३ जनामा कोरोना देखिएको हो । संक्रमितहरुमा काठमाडौंका १७७ जना भक्तपुरमा १४ र ललितपुरमा ३३ जना रहेका छन् । त्यस्तै सोमबार १७५ जना डिष्चार्ज भएका छन् भने हालसम्म १८ हजार ८०७ जना डिष्चार्ज भएका छन् । हाल आइसियुमा १३८ जना रहेका छन् भने भेन्टिलेटरमा १५ जना रहेको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए । त्यस्तै नेपालमा थप ८ जना कोरोना संक्रमिको मृत्यु भएको छ । प्रवक्ता गौतमले सुनसरीका ६८ पुरुष, मोरङका ६५ बर्षिय पुरुष, पर्साकी ७० बर्षिया महिला, काठमाडौंकी ४८ बर्षिया महिला, रुपन्देहीका ६७ बर्षिया महिला र रुपन्देहीकै ३८, ५४ र ५३ बर्षिय पुरुषको मृत्यु भएको जानकारी दिए । हाल सक्रिय संक्रमितको संख्या १३,७१५जना रहेको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, भदौ ७, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update