स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण भई अस्पताल भर्ना गर्न तय गरेको ३ लेभल अस्पतालको व्यवस्था खारेज गरेको छ । कोरोना भाइरस संक्रमितको उपचारका लागि लागि तयार पारिएका लेभल एक, लेभल दुई र लेभल तीनका अस्पताललाई कोभिड अस्पतालमा परिणत गरिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
यसका साथै मन्त्रालयले कोभिड उपचारका लागि यसअघि सूचीकृत गरेका सबै अस्पताललाई कोभिड अस्पताल भनेर नामकरण गर्ने र ती अस्पतालमा कोभिड र नन–कोभिडको उपचारका लागि छुट्टाछुट्टै व्यवस्था गर्नुपर्ने व्यवस्था गरिएको उनले जानकारी दिए । अव भने सबै अस्पताल एकै लेभलका अस्पताल भएको र कोभिड अस्पतालमा परिणत गरिएको प्रवक्ता गौतमले बताए ।
यसअघि मन्त्रालयले बनाएको ‘कोभिड–१९ महामारीको सन्दर्भमा कोभिड तथा अन्य स्वास्थ्य सेवा प्रवाहका लागि अन्तरिम निर्देशिका २०७६’मा तहगत रुपमा वर्गीकरण गर्ने व्यवस्था गरेको थियो । कम लक्षण र जोखिम भएका बिरामीलाई लेभल एक, सामान्य अवस्था भन्दा अलि जटिल समस्या देखिएका संक्रमितहरुलाई लेभल दुई र अक्सिजन, भेन्टिलेटरको आवश्यक पर्ने गम्भीर बिरामीलाई लेभल ३ को अस्पतालमाम उपचार गरिदै आएको थियो ।
प्रकाशित मिति: आइतबार, भदौ ७, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय