
कोरोना भाइरस संक्रमण न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालयहरुले जारी गरेको निषेधाज्ञाको छैटौं दिन काठमाडौं उपत्यकामा चेकजाँचलाई कडाई गरिएको छ ।
निषेधाज्ञाको उलंघन गर्नेको संख्या बढेपछि प्रहरीले चेकजाँचलाई कडाई गरेको हो । सो क्रममा ट्राफिक प्रहरीले केहि मोटरसाईकल र चार पाङ्ग्रे सवारीलाई नियन्त्रणमा लिएको छ । त्यस्तै अत्यावश्यक काम बाहेक बाहिर निस्किनेलाई केही समय होल्डिङ सेन्टरमा राखेर छोड्ने गरिएको छ ।
एक हप्ताका लागि जारी भएको निषेधाज्ञाका कारण उपत्यकामा औषधि र खाद्यान्न बाहेकका अन्य पसल बन्द छन् । खाद्यान्न, तरकारी, फलफूल, खानेपानी, विद्युत सञ्चार लगायत अन्य अत्यावश्यक सवारी सञ्चालनमा रहेका छन् । प्रशासनले अनावश्यक काममा बाहिर ननिस्किन सबैलाई आग्रह गरेको छ । उपत्यकामा संक्रमितको संख्या बढ्दै गएपनि उपत्यकाका तीनवटै काठमाडौं भक्तपुर र ललितपुरको जिल्ला प्रशासन कार्यालयले बुधबारसम्मका लागि निषेधाज्ञा जारी गरेका हुन् ।
प्रकाशित मिति: सोमबार, भदौ ८, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय