हिमाल दैनिक
नेपाल चिकित्सक संघले कोरोनाको उपचारमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि दुुव्र्यवहार नगर्न आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयले मंगलबार गरेको पत्रकार सम्मेलनमा संघका अध्यक्ष डाक्टर लोचन कार्कील निषेधाज्ञा तथा लकडाउनको समयमा सबै व्यक्तिहरु घरमै रहेको अवस्थामा चिकित्सक तथा स्वास्थ्यकर्मी घरपरिवार समेत छाडेर बिरामीको स्वास्थ्य उपचारमा खटिएको भन्दै चिकित्सकलाई दुव्र्यवहार नर्गन आग्रह गरे । काठमाडौं लगायतका शहरी क्षेत्रमा नै समाज तथा घरबेटीले गर्ने चिकित्सकहरुलाई दुव्र्यवहार गर्दा मनोवल घट्ने पनि उनले बताए । डा कार्कीले नेपालमा कोरोना संक्रमण र मृत्युदर बढ्दै गएको भन्दै जनस्वास्थ्यको मापदण्ड पालना गर्न पनि आग्रह गरे । उनले जनस्वास्थ्यको मापदण्ड पुरा गरेमा होम आइसोलेसनमा रहेका संक्रमितबाट अन्य व्यक्तिमा कोरोना संक्रमण नबढ्ने पनि बताए । कार्कीले कोरोना संक्रमति चिकित्सक निको भएमा अन्य बिरामीको उपचारमा फर्किने र स्वास्थ्य सेवा प्रदान गर्ने भएकाले संक्रमति चिकित्सकलाई दुव्र्यवहार नगरी उनीहरुको मनोवल बढाउन सहयोग गर्न आग्रह समेत गरे ।
प्रकाशित मिति: सोमबार, भदौ ८, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update