
काठमाडौं उपत्यकामा एक साताका लागि निषेधाज्ञा थप गरिएको छ ।
काठमाडौं, भक्तपुर र ललितपुरका प्रशासन कार्यालयले उपत्यकाका सुरक्षा निकायका प्रमुख, नगरपालिकाका मेयर र जनस्वास्थ्य कार्यालयका अधिकारीसँग छलफलपछि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । यसअघि ३ भदौको मध्यरातिबाट लागू हुने गरी बुधबार मध्यरातीसम्म उपत्यकामा निषेधाज्ञा जारी गरिएको थियो ।
उपत्यकामा संक्रमण दर बढ्दो अवस्थामा रहेकाले १७ भदौसम्म निषेधाज्ञा थप्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ । निषेधाज्ञा लगाइएको अवधिमा औषधि, खाद्यवस्तु र अत्यावश्यकीय वस्तु खरिदको कामबाहेक बाहिर निस्कन नपाइने प्रशासनले जनाएको छ ।
[gallery link="file" td_select_gallery_slide="slide" ids="20786,20787"]
त्यस्तै अत्यावश्यक काममा बाहिर निस्किँदा मास्क अनिवार्य गरिएको छ भने अत्यावश्यकीय सामाग्री ढुवानी, सूचना तथा सञ्चार, स्वास्थ्यकर्मी र सुरक्षा निकायबाहेकका सवारी सञ्चालनमा रोक लगाइएको छ । बैंक लगायतका निकायले न्यूनतम कर्मचारी राखेर स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी सेवा दिन सक्ने व्यवस्था गरिएको छ भने होटल, रेष्टुरेन्ट, फुटपाथ पसल सञ्चालनमा समेत पूर्ण रुपमा रोक लगााइएको छ ।
त्यस्तै नियमित सेवा प्रदान गर्नुपर्ने कार्यालय जाने कर्मचारी विहान ९ बजेदेखि साढे १० बजेसम्म र बेलुका ३ देखि साढे ५ बजेसम्म आउ–जाउ गर्न सक्ने व्यवस्था गरिएको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ ९, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय