नेपालमा थप ८८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका बिभिन्न स्थानमा गरिएको १३, २५३ जनाको परिक्षणका क्रममा थप ८८५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
योसंगै कोरोना संक्रमितको संख्या ३४,४१८ पुगेको छ । थप संक्रमितहरुमा काठमाडौंका २३०, ललितपुरमा ४७ र भक्तपुरमा २४ जना समेत रहेका छन् । गत बुधबार ३८५ जना डिष्चार्ज भएका छन् । योसंगै हालसम्म १९,५०४ जना डिष्चार्ज भएको प्रवक्ता गौतमले बताए ।
त्यस्तै थप ११ जनाको कोरोनाका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ र भक्तपुरका महिला तथा कैलालीका दुई पुरुष, महोत्तरीका तीन पुरुष, बाँकेका एक पुरुष, काठमाडौंका एक जना र बाराका दुई पुरुष रहेको प्रवक्ता गौतमले जानकारी दिए ।
नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १७५ पुगेको मन्त्रालयले जनाएको छ । हाल ९ हजार ८ ३२ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ ९, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय