पोखरामा आज एक कोरोना संक्रमितको मृत्यु भएको छ। पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानका अनुसार कोबिड-१९ उपचार केन्द्रको आइसीयुमा उपचार भईराखेको ३२ बर्षिय महिला महिलाको आज बिहान ८ बजे मृत्यु भएको हो।
मृत्यु हुने पोखरा महानगरपालिका बडा नं-११ निबासी हुन्। उनि भाद्र ७ गते कोरोना पोजेटिभ देखिएकी हुन्। पोजिटिभ देखिए संगै उनलाई उपचार केन्द्रमा राखिएको थियो। उनमा अरु कुनै रोग नभएको केन्द्रले जनाएको छ।
यसप्रतिष्ठान यसरी कोरोना पोजिटिभ देखिएर मृत्यु हुने उनि पाचौ संक्रमित हुन्।
स्वास्थ्य निर्देशनालयको पछिल्लो अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेश हालसम्म कुल १ हजार ९५२ संक्रमित रहेका छन् जस मध्य ९ जनाको मृत्यु भएको छ भने १ हजार ६६५ निको भइ सकेका छन्।
प्रकाशित मिति: बुधबार, भदौ १०, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय