पाटन अस्पतालमा उपचाररत एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। ललितपुर निवासी ६५ वर्षीया महिला आइसीयुमा उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।
उनको आज बिहान ६ बजे मृत्यु भएको हो। उनको स्वास्थ्यमा समस्य देखिएपछि उनलाई आइसीयुमा राखेर उपचार गरिएको थियो।उनको शव अहिले नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी भइराखेको छ।
पछिल्लो काठमाडौँमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ।
प्रकाशित मिति: बुधबार, भदौ १०, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय