विरगंजमा आज थप २ कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुने पर्सा धोविनी गाउँपालिका–३ का ७२ वर्षीय पुरुष र बारा सुवर्ण गाउँपालिका–४ हर्दियाका २३ वर्षीया महिला रहेका छन्। दुवै संक्रमितको नारायणी अस्पतालमा उपचार भएको थियो।
७२ बर्षिय पुरुष भाद्र ८ गते नारायणी अस्पतालमा भर्ना भएका थिए। उनमा निमोनिया देखिएको थियो। उपचारका क्रममा भदौ १० गते साँझ ६ः२२ बजे निधन भएको अस्पतालले जनाएको छ। चिकित्सकका अनुसार उनमा कोरोना पुष्टि भएपछि उनलाई आफन्तहरुले अस्पतालमै छोडेर गएको थिए।
त्यस्तै संक्रमण देखिएकी २३ बर्षिय महिला गर्वती थिइन्। उनको पेटमा ३३ हप्ताको बच्चा पेटमा थियो । भाद्र ८ गते भर्ना अस्पतालमा भर्ना भएकी उक्त महिलालाई सास फेर्न कठिनाई भएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो। उपचारका क्रममा आज बिहान ६ बाहे उनको मृत्यु भएको अस्पतालका एक डाक्टरले जानकारी दिए। यस संगै वीरगञ्जमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ ।
प्रकाशित मिति: बुधबार, भदौ १०, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय