हिमाल दैनिक
बुटवल स्थित कोरोना बिशेष अस्पतालमा कपिलवस्तुका थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ। लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार रुपन्देही तिलोत्तमा जानकीनगरकी ७० बर्षिया महिलाको कोरोना बिशेष अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनको बिहिबार बिहान १०ः३० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डाक्टर बिष्णु गौतमले बताए । उनि थाईराइड र हाई ब्लड प्रेसरको बिरामी थिइन्। साउन २६ गते उनमा कोरोना पुष्टि भएको थियो। सुरुमा घरमा आइसोलेशनमै बसेर उपचार भएपनि स्वास्थ्यमा समस्या आएपछि थप उपचारका उनलाई साउन ३१ गते अस्पतालमा भर्ना गरिएको थियो। कोरोना बिशेष अस्पतालको पहिलो प्रयाृगका रुपमा उनलाई प्लाज्मा थेरापीको माध्यमबाट चिकित्सकहरुले उपचार थालेका थिए । पहिलो पटक प्लाज्मा दिएर बुधबारसम्म स्वास्थ्य अवस्था सामान्य भएपनु रातीदेखि स्वास्थ्य अवस्था बिग्रेको डा गौतमले जनाए । बिहीबार उनलाई थप प्लाज्मा दिने तयारी भईरहेको अवस्थामा उनको मृत्यु भएको उनले जानकारी दिए । ४ दिनदेखि उनलाई भेन्टिलेटरमा राखेको थियो । त्यस्तै बुधबार राति कपिलवस्तु नगरपालिका वाड न २ का ५० बर्षिय पुरुषको मृत्यु भएको थियो। रुपन्देहीमा मृत्यु हुनेको संख्या ७ पुगेको छ ।
प्रकाशित मिति: बुधबार, भदौ १०, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update