पोखरामा एक बृद्धमा कोरोनाको संक्रमण देखिएको छ। पोखरा स्थित स्वास्थ्य निर्देशनालयको अध्यावधिक विवरण अनुसार पोखरामा ७६ बर्षीय पुरुषमा कोरोनाको संक्रमण देखिएको छ।
संक्रमित हुने पोखरा महानगरपालिका वार्ड नं १६ का निबासी हुन्। उनि स्वास्थ्य बिज्ञान प्रतिष्ठानको इमर्जेन्सीमा उपचार गर्न आएको र स्याब परिक्षण गर्दा उनमा कोरोना देखिएको निर्देशनालयले जनाएको छ। अहिले उनलाई प्रतिष्ठानको आइसोलेसनमा राखिएको छ।
त्यस्तै आज मात्र गण्डकी प्रदेशमा २५ जना संक्रमित थपिएका छन्। क्षयरोग उपचार केन्द्र, पोखरा र चितवन मेडिकल कलेज, चितवन गरिएको परिक्षणमा पर्बतमा १ जना, बाग्लुङ्गमा ८ जना, लम्जुङ्गमा ४ जना, तनहुँमा ९ जना र नवलपरासी (पु)मा ३ जना गरी २५ जनामा संक्रमण देखिएको छ।
पर्बत जिल्ला, जलजला गाउँपालिकाका संक्रमित व्यक्ति भारतबाट आएका थिए। बाग्लुङ-१ का संक्रमित व्यक्ति नेपाल प्रहरीमा कार्यरत छन्। त्यसैगरी बाग्लुङ -८ का संक्रमित व्यक्ति भारतबाट एका थिए भने अन्य व्यक्तिहरु कन्ट्याक ट्रेसिङ्गबाट पहिचान भएका थिए। लमजुङ जिल्ला बेसीशहरमा कार्यरत २ जना संक्रमित नेपाल आर्मीमा कार्यरत छन् भने १ जना पालिकामा कार्यरत कर्मचारी हुन् । अन्य सबै संक्रमित व्यक्तिहरु कन्ट्याक ट्रेसिङ्ग बाट पहिचान भएको निर्देशनालयले जनाएको छ।
आज मात्र पोखरा कोबिड-१९ उपचार केन्द्रको आइसीयुमा उपचार भईराखेको ३२ बर्षिय महिलाको मृत्यु भएको छ। यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९७८ पुगेको छ भने मृत्यु हुनेको संख्या ९ पुगेको छ।
प्रकाशित मिति: बुधबार, भदौ १०, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय