हिमाल दैनिक
प्रहरीमा संक्रमण बढेपछि बिशेष सजकता अपनाउन निर्देशन
police-headquarter
प्रहरी अधिकारीहरुलाई कोरोना संक्रमणको जोखिमपछि प्रहरी प्रधान कार्यालयले बिशेष सजकता अपनाएको छ। पछिल्लो समय प्रहरी वृत्त र ट्राफिकमा नै कोरोना देखिने क्रम नरोकेपछि बिशेष सजकता अपनाउन प्रहरी प्रधान कार्यालयले निर्देशन पनि दिएको छ। प्रहरी मुख्यालयमा सामाजिक दुरी, मास्क, स्यानिटाइजरलगायतको प्रयोग अनिवार्य गरिएको छ। प्रहरी प्रधान कार्यालयमा हालसम्म २ सय ५० को हाराहारीमा संक्रमित पुगिसकेका छन्। त्यस्तै महानगरीय प्रहरी वृत्त, महाराजगञ्जमा कार्यरत २० भन्दा बढि प्रहरी अधिकारीमा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै जनसेवा प्रहरी वृत्त र ट्राफिकमा कार्यरत २० जना प्रहरीमा पनि हालै कोरोना संक्रमण पुष्टि भएको छ। अधिकांशलाई प्रहरी अस्पतालमा राखिएको छ।
प्रकाशित मिति: बुधबार, भदौ १०, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update