
कोरोना भाइरसको संक्रमण दिनहुँ बढ्दै गएको अवस्थालाई ध्यानमा राखेर कोभिड–१९ जिल्ला संकट व्यवस्थापन केन्द्र काभ्रेपलाञ्चोकले जिल्लामा बिशेष सजकता अपनाएको जनाएको छ ।
जिल्लामा सार्वजनिक यातायात पूर्णरुपमा रोक लगाइएको छ भने बिहान ७ बजेदेखि ९ बजेसम्म र बेलुका ४ बजेदेखि ६ बजेसम्म सामाजिक दुरी कायम गर्दै स्वास्थ्य मापदण्डको पूर्ण पालना गरेर सञ्चालन गर्न निर्देशन दिइएको छ जसका कारण बिहान बेलुका बाहेक अन्य समयमा बजार पसलहरु सुनसान हुने गरेका छन् । जिल्लामा कोरोना संक्रमण थप फैलन उच्च सतर्कता अपनाएको काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाई खतिवडाले जानकारी दिए ।
जिल्लाका मुख्य बजार क्षेत्र धुलिखेल, पनौती, बनेपा, पाँचखाल र नमोबुद्ध नगरपालिकाका बजार क्षेत्रमा अनावश्यक रुपमा मानिसको भीडभाड तथा आवागमन बढ्दै गएको कारण कोरोना संक्रमण कम गर्नका लागि व्यापार व्यवसाय र अन्य खरिद बिक्रीजन्य क्रियाकलापसमेत निश्चित समयमा मात्रै गर्न निर्देशन दिइएको प्रशासन कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, भदौ १०, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय