नेपालका थप एक हजार १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा ३३४ महिला र ७७७ पुरुष गरि १ हजार १ सय ११ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
यो संगै नेपालमा कोरोना संक्रमतिको संख्या ३५,५२९ पुगेको छ । बिहीबार उपत्यकामा थप ३७७ जनामा कोरोना संक्रमित भेटिएका छन्, जसमध्ये काठमाडौंमा २७०, ललितपुरमा ६६ र भक्तपुरका ११ जना रहेका छन् ।
त्यस्तै कोरोनाका कारण थप ८ जनाको मृत्यु भएको छ । प्रवक्ता गौतमका अनुसार ५ जना महिला र ३ जना पुरुष गरी ८ जना कोरोना संक्रमतिको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौंका ४८ वर्षका एकजना पुरुष, ललितपुरकी ६५ वर्षकी एक महिला, बाराका २३ वर्षकी एक महिला, पर्साका ६२ वर्षका एक पुरुष रहेका छन् ।
यस्तै कास्कीका ३२ वर्षकी महिला, कपिलवस्तुका ५० वर्षका एक पुरुष, रुपन्देहीकी ७० वर्षकी एक महिला र बाँकेकी ७० वर्षकी एक महिलाको मृत्यु भएको हो । यो संगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १८३ पुगेको प्रवक्ता गौतमले जानकारी दिए ।
हाल सक्रिय संक्रमितको संख्या १५,२७३ जना रहेका छन् । हालसम्म जना २०,०७५ संक्रमित निको भइ डिष्चार्ज भएका छन् भने क्वारेन्टाइनमा ९४८८ जना रहेका छन् ।
प्रकाशित मिति: बुधबार, भदौ १०, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय