हिमाल दैनिक
धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत झापा, मोरङ र सिराहाका १-१ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा झापाको कमल गाउँपालिकाका–३ केर्खाका ८३ वर्षीय बृद्ध, मोरङको बेलबारी नगरपालिका ५ की ५६ वर्षीया महिला र सिराहाका एक पुरष छन्। झापाका ८३ वर्षिय वृद्धलाई कोरोना संक्रमण पुष्टि भएपछि उनलाई एक साताअघि उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो र उपचारकै क्रममा उनको बिहान ४ बजे मृत्यु भएको भएको कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले बताइन्। ती वृद्धलाई भदौ ३ गते कोराना पोजेटिभ पुष्टि भएको थियो। उनलाई सोही दिन बिएन्डसी हस्पिटलले रेफर गरेर बिपीमा पठाएको थियो। शुक्रबार बिहान पौने ४ बजे वृद्धकोे मृत्युु भएको चिकित्सकले बताएका छन्। चिकित्सकका अनुसार उनी मिर्गौलापीडित थिए। उनी उच्च रक्तचाप, मधुुमेह र अल्परक्तकोषिकाको समस्याबाट समेत ग्रस्त थिए। झापामा कोरोना संक्रमणका कारण मृत्यु हुने उनी दोस्रो व्यक्ति हुन्। यसअघि कोरोना संक्रमणका कारण दमक नगरपालिका- १ का ५८ वर्षीय एक पुरुषको मृत्यु भएको थियो। यस्तै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमै उपचाररत अर्का एक कोरोना संक्रमितको मृत्यु  शुक्रबार मृत्यु भएकाे छ। मोरङको बेलबारी नगरपालिका ५ की ५६ वर्षीया एक महिला रहेकी छन्। बेलवारीकी कोरोना संक्रमित महिलालाई कोसी अस्पतालले रेफर गरेको थियो । उनी भदौ ९ गते बिपी प्रतिष्ठानमा भर्ना भएकी थिइन्। प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाका अनुसार उनमा त्यसै दिन कोरोना पोजेटिभ पुष्टि भएको थियो। उनको शुुक्रबार बिहान सवा ३ बजे मृत्यु भएको सापकोटाले जानकारी दिए। मृतक महिलामा श्वासप्रश्वासमा समस्या देखिएको थियो। प्रवक्ता सापकोटाले शुक्रबार मृत्यु भएकाे शव व्यवस्थापनको काम भइरहेको जानकारी दिए। यसअघि हिजो राति पौने ७ बजे प्रदेश २ सिरहाका एक कोरोना संक्रमितको बिपीमा उपचारको क्रममा निधन भएको थियो। प्रतिष्ठानमा हालसम्म उपचारको क्रममा १५ जना संक्रमितको मृत्यु भइसकेको छ। त्यसमध्ये ३ जना धरान उपमहानगरपालिकाका छन् भने अन्य मृतक प्रदेश १ का विभिन्न जिल्ला र प्रदेश २ का पनि छन्।
प्रकाशित मिति: बिहीबार, भदौ ११, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update