हिमाल दैनिक
काठमाडौं – विश्वभर २ करोड ४६ लाखभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ लाख ६२ हजार ७४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै शुक्रबार यो समाचार तयार पार्दासम्म २ करोड ४६ लाख २५ हजार १४९ जनामा संक्रमण भएको छ । संक्रमितमध्ये १ करोड ७० लाख ९३ हजार २८८ जना संक्रमण मुक्त भएका छन् । एकै दिन थप ६ हजार ५७ जनाको मृत्यु भएपछि कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ८ लाख ३५ हजार ६२७ पुगेको छ । अहिले ६६ लाख ९६ हजार २३४ जना सक्रिय संक्रमित छन् । उनीहरुमध्ये ६१ हजार ४०४ जनाको अवस्था गम्भीर छ । कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ६ हजार ६०१ जनाको मृत्यु भएको छ । ३४ लाख ८१ हजार ४३२ जना संक्रमित भएकोमा २० लाख ३३ हजार १०९ जना संक्रमणमुक्त भएका छन् । उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ६६ हजार २५९ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ७१ लाख ५६ हजार ४०९ पुगेको छ । त्यसमध्ये ४१ लाख २ हजार ७९४ जना संक्रमणमुक्त भएका छन् । यस्तै एसियाली मुलुकहरूमा १ लाख ३६ हजार ५५४ जनाको मृत्यु भएको छ। ६६ लाख ८२ हजार ३६७ जना संक्रमित भएकोमा ५३ लाख २५ हजार ८०६ जना संक्रमणमुक्त भएका छन् । दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ९६ हजार ६७७ जनाको मृत्यु भएको छ । ६० लाख ५० हजार ९२१ जना संक्रमित भएकोमा ४६ लाख ५० हजार ६६६ जना संक्रमणमुक्त भएका छन् । अफ्रिकी मुलुकहरूमा २८ हजार ९१० जनाको ज्यान गएको छ भने १२ लाख २५ हजार २४९ संक्रमित छन् । संक्रमितमध्ये ९ लाख ५७ हजार ८५४ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ६ सय ११ जनाको मृत्यु भएको छ । २८ हजार ५० जना संक्रमित भएकोमा २२ हजार ४०८ जना संक्रमणमुक्त भएका छन्।
प्रकाशित मिति: बिहीबार, भदौ ११, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update