पोखरामा थप १ कोरोना संक्रमितको मृत्यु भएको छ। पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानका अनुसार शुक्रबार कोबिड-१९ उपचार केन्द्रमा उपचारका क्रममा ५२ बर्षिय पुरुषको १२ बजेर १५ मिनेटमा मृत्यु भएको हो। उनि पोखरा महानगरपालिका वडा नं १६ का निबासी हुन्।
आज बिहान श्वास-प्रश्वासमा समस्या देखिएपछि उनलाई अस्पताल लगिएको प्रतिष्ठानले जनाएको छ। उनि हाइपर टेन्सन, मधुमेहका समेत बिरामी थिए। उक्त प्रतिष्ठानमा मृत्यु हुने उनि छैठौ संक्रमित हुन्। उनको शब् नेपाली सेनाले व्यवस्थापन गर्नेछ। हिजो मात्र पोखरामा ३२ बर्षिय महिलाको कोरोनाको कारण मृत्यु भएको थियो। यस संगै गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या १० पुगेको छ।
त्यस्तै आजमात्र पोखरामा ५ जनामा कोरोना को संक्रमण देखिएको छ।
फिस्टेल अस्पतालमा दुई संक्रमित
पोखरा महानगरपालिका-१६ का दुइ संक्रमितहरुलाई पोखरा महानगरपालिकामा रहेको फिस्टेल अस्पतालबाट लक्षण देखिएपछी पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा प्रेषण गरिएको छ ।
पर्यटक प्रहरीमा पनि संक्रमण
कास्की जिल्ला, पोखरा महानगरपालिका-१७ का २ जना संक्रमित व्यक्ति पर्यटक प्रहरी छन् भने अन्य सबै व्यक्तिहरु कन्ट्याक ट्रेसिङ्ग बाट पहिचान भएका हुन् | सबै व्यक्तिहरुलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको छ |
गण्डकी प्रदेशमा २० संक्रमित थपिए
गण्डकी प्रदेश मा आज मात्र २० कोरोना संक्रमित थपिएका छन्। पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा, क्षयरोग उपचार केन्द्र र भरतपुर अस्पताल, चितवनमा गरिएको परिक्षणमा नवलपरासी (पु)मा ९ जना ,लम्जुङ्गमा २ जना, तनहुँमा ४ जना, कास्की ५ जना गरि आज थप २० जनामा संक्रमण देखिएको छ।
त्यसैगरी नवलपरासी (ब.सु.पू.) जिल्ला, गैंडाकोट-८ का संक्रमित व्यक्ति कलेज अफ मेडिकल साईन्स, भरतपुर, चितवनमा कार्यरत चिकित्सक छन्। | वलपरासी (ब.सु.पू.) जिल्ला, देबचुली-१५ का संक्रमित व्यक्ति खानेपानी सप्लाई गर्ने संस्थामा कार्यरत छन्। उनीहरुहरुलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको छ।
लमजुङ जिल्ला, मर्स्याङ्दी-४ का संक्रमित भारतबाट आएका हुन्। गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमितको संख्या २ हजार २५ पुगेको छ।
प्रकाशित मिति: बिहीबार, भदौ ११, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय