पोखरामा थप ११ जना कोरोना संक्रमत थपिएका छन्। स्वास्थ्य निर्देशनालयको अध्यावधिक विवरण अनुसार क्षयरोग उपचार केन्द्रमा गरिएको परिक्षणमा पोखरामा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। संक्रमित मध्य दुई बैंकमा, एक ईन्जिनियरिंग कन्सल्टेन्सी र एक औधोगिक क्षेत्रमा कार्यारत र एक जना मोबाइल पसल संचालन रहेका छन्।
संक्रमित ३ महिला र ८ पुरुष छन् ।
संक्रमित हुने को विवरण :
आज मात्र पोखरामा १६ जनामा कोरोना को संक्रमण देखिएको छ भने एक ५२ बर्षिय पुरुषको उपचारको क्रममा मृत्यु भएको छ।
कास्की जिल्ला, पोखरा महानगरपालिका-२ का संक्रमित व्यक्ति कामना बिकाश बैंक, दिप शाखामा र पोखरा महानगरपालिका-३ का संक्रमित व्यक्ति एभरेस्ट बैंक, अमरसिंह चोक शाखामा कार्यरत छन्।
पोखरा महानगरपालिका-१४ का ३५ बर्षीय संक्रमित व्यक्ति ईन्जिनियरिंग कन्सल्टेन्सीमा कार्यरत छन् भने पोखरा महानगरपालिका-१ का संक्रमित व्यक्ति मोबाईल पसलका संचालक हुन्। त्यसैगरी पोखरा महानगरपालिका-५ का संक्रमित व्यक्ति पोखरा औधोगिक क्षेत्रमा कार्यरत छन्। अन्य सबै व्यक्तिहरु कन्ट्याक ट्रेसिंगबाट पहिचान भएको निर्देशनालयले जनाएको छ |
सबै संक्रमितहरुलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको छ। यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २०३६ पुगेको छ।
वडा नं | संख्या | उमेर | लिङ्ग |
१६ | २ | ३९, १५ | महिला |
१६ | २ | ३५, ३९ | पुरुष |
२ | १ | २५ | पुरुष |
११ | १ | ५६ | महिला |
१४ | २ | ३५, २७ | पुरुष |
३ | १ | २९ | पुरुष |
१ | १ | १८ | पुरुष |
५ | १ | ३३ | पुरुष |
प्रकाशित मिति: बिहीबार, भदौ ११, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय