हिमाल दैनिक
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको उपचार तथा व्यवस्थापनमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीको क्वारेन्टिन खर्च सरकारले व्यहोर्ने जनाएको छ । आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता गौतमले कोरोना संक्रमितको उपचार तथा व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मीको क्वारेन्टिन खर्च सरकारले वेहोर्ने र क्वारेन्टिको व्यवस्थापन भने सम्बन्धित अस्पतालले गर्नुपर्ने बताए । त्यस्तै उनले कोरोना संक्रमित बिरामीहरुहरुलाई रेफर गर्दा रेफर गरिएको अस्पतालमा समन्वय गर्न पनि निर्देशन दिए । स्वास्थ्यकर्मी समेत साथमा नपठाई रेफर गर्दा बिरामीको बाटोमै मृत्यु भएमा त्यसको जिम्मेवारी रेफर गर्ने अस्पतालले लिनुपर्ने पनि उनले बताए । डा गौतमले कोरोना संक्रमतिको संख्या बढ्दै गएको र सरकारले सिमित स्रोत साधानबाट सम्भव भएसम्म नियन्त्रण र उपचारको प्रयास गरिरहेको पनि बताए । उनले एकजना कोरोना संक्रमित व्यक्तिले ३ हजार जनालाई समेत सार्न सक्ने भएकाले सचेत हुनुपर्ने धारणा पनि राखे ।
प्रकाशित मिति: शनिबार, भदौ १३, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update