हिमाल दैनिक
निषेधाज्ञा उलंघन गर्ने बढे
kathmandu-ulangan
काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा लम्विदै जाँदा सडकमा उलंघन गर्नेको संख्या पनि बढ्दै गएको छ । उपत्यकामा अत्यावश्येक बाहेकका सवारी पनि सञ्चालन भएपछि ट्राफिक प्रहरीले कडाई गरेको छ । सो क्रममा प्रहरीले दैनिक सयभन्दा बढि निषेधाज्ञा उलंघन गर्ने मोटरसाईकल र चार पाङ्ग्रे सवारीलाई नियन्त्रणमा लिने गरेको छ । त्यस्तै अत्यावश्यक काम बाहेक बाहिर निस्किनेलाई सर्वसाधारणहरुलाई भने केही समय होल्डिङ सेन्टरमा राखेर छोड्ने गरिएको छ । कोरोना संक्रमितको संख्या बढेपछि काठमाडौका तीनवटै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेका हुन् । बिहानको केही घण्टा भने अत्यावश्यक दैनिक उपभोग्य सामानको बिक्री तथा खरिदका लागि खुला गरिएको छ । उपत्यकामा संक्रमितको संख्या बढ्दै गएपनि उपत्यकाका तीनवटै काठमाडौं भक्तपुर र ललितपुरको जिल्ला प्रशासन कार्यालयले भाद्र १७ गतेसम्म निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा जारी गरेपनि उपत्यकामा कोरोना संक्रमितको संख्या भने घटेको छैन ।
प्रकाशित मिति: आइतबार, भदौ १४, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update