हिमाल दैनिक
नेपालमा सोमबार थप ८९९ जनामा कोरोना पुष्टि भएको छ । देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा ३०३ महिला र ५९६ पुरुष गरि थप ८९९ जनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । सोमबार उपत्यकामा थप २८९ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये काठमाडौं १९०, भक्तपुर ४१ र ललितपुर ६७ रहेका छन् । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ३९४६० पुगेको छ भने हाल सक्रिय संक्रमितको १७,८२२ रहेको प्रवक्ता गौतमले जानकारी दिए । त्यस्तै कोरोनाका कारण थप ७ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार महोत्तरीका ४ बर्षिया बालिका, गोरखाकी ६५ बर्षिया महिला र रुपन्देहीकी ६८ बर्षिया महिला रहेका छन् । त्यस्तै झापाका ८६ बर्षिय पुरुष, रौतहतका ४० बर्षिय पुरुष, चितवनका ७८ बर्षिय पुरुष र भक्तपुरका ७७ बर्षिय पुरुष रहेको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए । योसंगै नेपालमा कोरोनाका कारण मृत्युहुनेको संख्या २२८ रहेको छ । हालसम्म २१,४१० जना डिष्चार्ज भएका छन् भने क्वारेन्टाइनमा ७,३३७ जना रहेको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, भदौ १४, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update