हिमाल दैनिक
वीरगन्जमा थप एकजना व्यक्तिको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ। नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचाररत ६० वर्षीय सोमबार राति पौने ९ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिए। ठेगाना नखुलेका उनलाई गत आइतबार अस्पताल भर्ना गरिएको थियो। डा. चौतसियाले मृतक पुरुष सडकमा बस्दै आएका थिए। उनलाई गत आइतबार एक समुहले अचेत अवस्थामा अस्पताल ल्याएको थियो। तर सोमबार राति उपचारको क्रममा मृत्युपछि उनको परीक्षण गर्दा कोरोना पोजेटिभ देखियो। मृतकको शव नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी गरेको छ। सोमबार नै वीरगन्जमा ८० वर्षीय कोरोना संक्रमित वृद्धको पनि मृत्यु भएको थियो।
प्रकाशित मिति: सोमबार, भदौ १५, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update