भक्तपुरमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भक्तपुर नगरपालिका- ३ बाराहीस्थानमा १२ महिला र १२ पुरुष गरी २४ जनामा कोरोना पुष्टि भएको हो ।
संक्रमितमध्ये १३ जना एउटै परिवारका हुन् । वडाध्यक्ष राजकृष्ण गोराका अनुसार एकै घरका १३ संक्रमितमध्ये ५२, ४०, २८ र १८ वर्षिया ४ महिला, २ र ८ वर्षिया २ बालिका र ६३, ५६, ५४,४६,३४, ३२ र ३० वर्षिय पुरुष छन् ।
बाराहीस्थानमा बाराहीपिठस्थित भजन टोलीबाट कोरोना फैलिएको अनुमान गरिएको छ । वडा नम्बर ३ मा हालसम्म ४४ जनाको स्वाब संकलन गरिएको छ ।
प्रकाशित मिति: सोमबार, भदौ १५, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय