हिमाल दैनिक
नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार ६९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ३४४ महिला र ७२५ जना पुरुष गरी कुल १ हजार ६९ जनामा कोरोना भाइरस संक्रमण देखिएको जानकारी दिए । आज थपिएका संक्रमितसँगै देशभर कुल संक्रमितको संख्या ४० हजार नाघेको छ । आजसम्म ४० हजार ५ सय २९ जनामा संक्रमण पुष्टि भएको छ । यीमध्ये १८ हजार १ सय १२ जना सक्रिय संक्रमित छन् । त्यस्तै, पछिल्लो २४ घण्टाको अवधिमा ७६८ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म निको हुनेको संख्या २२ हजार १७८ पुगेको मन्त्रालयको तथ्यांक छ । नेपालमा निको हुनेको दर ५५ प्रतिशत छ ।   कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप ११ जनाको मृत्यु भएको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको जानकारी दिए। उनका अनुसार कोरोना संक्रमणबाट महोत्तरीका चार वर्षीया बालिका र ३७ वर्षीय पुरुष, सिरहाका ६५, पर्साका ५३, ६० र ८० वर्षका पुरुष, बाराका ६०, चितवनका ५२, काठमाडौंका ३५ र ७० तथा मकवानपुरका ५८ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २३९ पुगेको छ।  यस्तै, मंगलबार नेपालमा थप १०६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रवक्ता डा. गौतमका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४० हजार ५२९ पुगेको छ। संक्रमितमध्ये अहिलेसम्म २२ हजार  १७८ जना निको भएर घर फर्किएका छन्। प्रवक्ता गौतमका अनुसार मंगलबारमात्रै कोरोनालाई जितेर ७६८ जना घर फर्किएका छन्।
प्रकाशित मिति: सोमबार, भदौ १५, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update